
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज जापानसँग खेल्दैछ।
नेपाल र जापानबीच शुक्रबार अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ।
समूह २ मा रहेको दुवै टोलीले एक/एक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवैले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।
आज हुने खेलबाट समूह विजेता र उपविजेताको निर्क्योल हुनेछ।
जापानले बिहीबार कुवेतले दिएको १७८ रनको फराकिलो लक्ष्य पूरा गर्दै ५ विकेटले पराजित गरेको थियो।
बुधबार नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो।

