HomeUncategorizedराप्ती स्वास्थ्य प्रतिष्ठानमा एमआरआई खरिद प्रकरणमा १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

राप्ती स्वास्थ्य प्रतिष्ठानमा एमआरआई खरिद प्रकरणमा १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Date:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ ।

अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ ।

प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here