HomeUncategorizedराप्रपा अध्यक्ष लिङ्देनले नेताहरूको सम्पत्ति छानबिनको सुरुवातमा खुसी प्रकट

राप्रपा अध्यक्ष लिङ्देनले नेताहरूको सम्पत्ति छानबिनको सुरुवातमा खुसी प्रकट

Date:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो कदमको स्वागत गरेका हुन्।

अध्यक्ष लिङ्देनले नेताहरूको सम्पत्ति छानबिनको माग राप्रपाले लामो समयदेखि उठाउँदै आएको स्मरण गराएका छन्। ‘नेताहरूको सम्पत्ति छानबिनको माग हामीले लामो समयदेखि गर्दै आएको विषय हो। अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ,’ उनले लेखेका छन्।

यद्यपि, उनले छानबिनको दायरालाई साँघुरो बनाउन नहुनेमा जोड दिएका छन्। लिङ्देनले छानबिन नेताहरूमा मात्र सीमित नभएर उनीहरूका परिवार, नातेदार र निकट सम्बन्ध भएका अन्य व्यक्तिहरूसम्म विस्तार गरिनुपर्ने माग गरेका छन्।

‘तर छानबिन नेताको मात्र गरेर पुग्दैन, उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ,’ उनले भनेका छन्।

राप्रपाले २०४६ सालपछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मागलाई निरन्तर रूपमा प्रमुख एजेन्डा बनाउँदै आएको थियो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here