HomeUncategorizedम्यानमारमा धार्मिक उत्सवमा प्यारामोटर आक्रमण, ४० जनाको मृत्यु ८० घाइते

म्यानमारमा धार्मिक उत्सवमा प्यारामोटर आक्रमण, ४० जनाको मृत्यु ८० घाइते

Date:

मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा भएको प्यारामोटर आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ। जानकारी अनुसार ८० जना घाइते भएका छन्।

 
सोमबार साँझ चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा करिब १०० जना सहभागी थिए। यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटरचालित प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो।

 
उक्त उत्सवमा जुन्टाको नीतिको विरोधमा मैनबत्ती बालेर प्रदर्शन भइरहेको थियो।  


सन् २०२१ को सैन्य विद्रोहपछि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्रसंघका अनुसार यो द्वन्द्वमा हालसम्म ५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ। – एजेन्सी

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here