HomeUncategorizedपूर्वी मकवानपुरमा इभी र मोटरसाइकल ठोक्किँदा १४ घाइते

पूर्वी मकवानपुरमा इभी र मोटरसाइकल ठोक्किँदा १४ घाइते

Date:

असोज २१ गते । पूर्वी मकवानपुरको बागमतीमा विद्युतीय गाडी (इभी) र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । 


सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ जाँदैगरेको इभी र मोटरसाइकल मङ्गलबार बिहान बागमती गाउँपालिका –४ झुरझुरेमा ठोक्किएर दुर्घटना हुँदा १३ यात्रुसहित मोटरसाइकल चालक घाइते हुनुभएको स्थानीय विवेक सिङ्तानले जानकारी दिनुभयो । 


मधेस प्रदेश ००२÷००१ ज ००७२ नम्बरको इभी गाडी सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ जाँदैगर्दा ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग झुरझुरेमा ठक्कर खाएको थियो । घाइतेहरूको बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ । 


दुर्घटनाको कारण खुलेको छैन भने घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ । घाइतेहरूको पनि परिचय खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
– गोर्खापत्र

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here