HomeUncategorizedदमकमा दुई यात्रुबाहक बस एकापसमा ठोक्किँदा एक महिला घाइते

दमकमा दुई यात्रुबाहक बस एकापसमा ठोक्किँदा एक महिला घाइते

Date:

झापा । झापाको दमकमा दुईवटा यात्रुबाहक बस एकापसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्।

आज बिहान दमक–९ शान्तिमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको को.१.ख. ६४७२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग.१.ख. १६३६ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ६४७२ नम्बरको बसमा सवार मोरङ पथरी शनिश्वरे–१० की ६० वर्षीया देबीमाया पौडेल घाइते भएकी छन्। टाउकोमा चोट लागेकी पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै बसलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here