HomeUncategorizedमदन भण्डारी लोकमार्गको पहिरो वाइसीएलले हटाइयो

मदन भण्डारी लोकमार्गको पहिरो वाइसीएलले हटाइयो

Date:

निरन्तर वर्षाका कारण सोमबार बिहान मदन भण्डारी लोकमार्गमा खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका कार्यकर्ताले पन्छाएका छन्। सोमबार बिहान लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएर यातायात सुचारु गराएको हो।

लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ७ होक्से क्षेत्रको नाम्जेमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएको जानकारी पाउनासाथ सदरमुकाम गाईघाटबाट वाईसिएल टोली घटनास्थल पुगेर ३ घण्टाभन्दा बढी समय लगाएर पहिरो पन्छाएको तालुक पार्टी नेकपा (माओवादी केन्द्र) त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए।

उनका अनुसार ठूला ढुंगासहित खसेको पहिरोले सडक आवागमन रोकिनुका साथै अझै पहिरो खस्ने जोखिमले स्थानीय त्रसित थिए। सडक अवरुद्ध भएको र पहिरो खस्ने क्रम जारी रहेको जानकारी स्थानीयबाट पाए लगत्तै वाईसिएललाई बोलाएर उद्धारमा खट्न घटनास्थल लगेको अध्यक्ष राईले बताए। ह्यामर, गैँटी, झम्पल र बेल्चासहित घटनास्थल पुगेका डेढ दर्जन हाराहारी वाईसिएल कार्यकर्ताले सडकमा खसेका ठूला ढुंगा फुटाउँदै पहिरो पन्छाएको अध्यक्ष राईले बताए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here