HomeUncategorizedरोशी खोलाको बाढीले बगाएर एक महिलाको मृत्यु

रोशी खोलाको बाढीले बगाएर एक महिलाको मृत्यु

Date:

काभ्रेमा रोशी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । तेमाल ८ की ५७ वर्षीय ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेतमा क्षति पुर्‌याएको छ कि छैन भनी हेर्न जाँदा तामाङलाई खोलाले बगाएको हो । उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here