HomeUncategorizedपाँचथरको कुम्मायकमा बोलेरो दुर्घटना, ५ को मृत्यु ६ घाइते

पाँचथरको कुम्मायकमा बोलेरो दुर्घटना, ५ को मृत्यु ६ घाइते

Date:

पाँचथर  । पाँचथरको कुम्मायक ३ कार्तिकेस्थित तमोर करिडोर मा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनकाअनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खस्दा थप ६जना घाइते भएका छन् ।
 
घाइते मध्य ५ जनालाई उपचारका लागि धरान झारिँदै छ । एक जनालाई फिदिम अस्पताल लगिएको डीआईजी कार्कीले बताए । मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here