HomeUncategorizedआईसीसी पुरुष टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

आईसीसी पुरुष टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

Date:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा वेस्ट इन्डिजविरुद्धको तीन शृंखला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि, उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरूप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो ।

छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र आसिफ शेख छन् ।

त्यसैगरी, आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ । प्रतियोगितामा भाग लिन नेपाल टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here