HomeUncategorizedएमाले नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढ्ने

एमाले नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढ्ने

Date:

काठमाडौं, असोज १३ । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको साइबर ब्युरोलाई चिठी पठाएको छ।

एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो।

उनले केही समयअघि हुलाकमार्फत् एमाले नेता बस्नेतविरूद्ध जाहेरी दिएकी थिइन्। तर ब्युरोले उक्त जाहेरी तामेलीमा राखेको थियो।

त्यसपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिइन्। त्यही निवेदनपछि सरकारी वकिलको कार्यालयले बस्नेतविरूद्ध थप अनुसन्धान गरी राय पेस गर्नू भनी चिठी पठाएको साइबर ब्युरोका एक अधिकारीले जानकारी दिए।

सरकारी वकिलको कार्यालयले यही असोज ५ गते लेखेको पत्र हामीलाई प्राप्त भएको छ,’ उनले भने, ‘त्यस आधारमा हामी अनुसन्धान अघि बढाउँदै छौं।’

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्नू भनिएको छ।

त्यस्तै, महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा पनि थप अनुसन्धान गरी राय पेस गर्न भनिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here