धरान मेयर साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ दर्ताका लागि निवेदन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।
उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले भन्यो ।
‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो ।