HomeUncategorizedजेन–जी आन्दोलनका कारण अमेरिका सरकारको नेपाली यात्रा नगर्न आग्रह

जेन–जी आन्दोलनका कारण अमेरिका सरकारको नेपाली यात्रा नगर्न आग्रह

Date:

अमेरिका । भदौ २३–२४ (सेप्टेम्बर ८–९) मा नेपालमा भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाका कारण अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह गरेको छ ।

‘प्रदर्शन, झडप र अशान्त क्षेत्रमा नजानू होला,’ ब्युरो अफ कन्सुलरले आफ्ना नागरिकका लागि भनेको छ, ‘यदी तपाईं भम्रणको क्रममा नेपाल मुख्य पर्यटकीय क्षेत्र काठमाडौं र पोखरामा हुनुहुन्छ भने, सुरक्षित स्थानमा बस्नु होला ।’

अमेरिका सरकारको संघीय निकाय युएस डिमार्टमेन्ट अफ स्टेट अन्तर्गतको ब्यूरो अफ कन्सुलर एफिएर्सले ट्राभल एडभाइजरी (यात्राका लागि सुझाव) जारी गर्दै अमेरिकनलाई अनावश्यक वा सम्भव भएसम्म नेपाल यात्रा नगर्न आग्रह गरेको हो । ब्यूरोले आन्दोलनको समयदेखि हालसम्मसम्म लेभल १,२, र ३ जारी गरिसकेको छ ।

लेभल १ र २ मा नेपालमा जेन–जी आन्दोलन र आन्दोलन पछिका घटनाक्रम, नेपाल रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन अपिलसँगै अमेरिकी सरकारसँग सम्बन्धित नेपालमा रहेका निकायसँग सम्पर्कमा रहन सूचना जारी गरेको थियो । लेभल ३ मा भने ब्यूरोले सम्भव भएसम्म नेपाल यात्रा नगर्न सुझाव दिएको छ ।

नेपालमा गृह अशान्ति फैलिएको र जेन–जी आन्दोलनको क्रममा सेप्टेम्बर ८–९ मा हिंसात्मक गतिविधिसमेत भएकाले भम्रणका लागि नेपाल यात्रा तत्काल नगर्न र यात्रामा रहेकालाई अमेरिकी सरकारी निकायको सम्पर्कमा आएर सुरक्षित रहन ट्राभल एडभाजरीमा ब्युरो अफ कन्सुलर एफिएर्सले उल्लेख गरेको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here