योग्य युवा जनप्रतिनिधि छान्न मतदाता सचेत हुनुपर्छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आह्वान गरेको छ । कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठुलो परिवर्तन सम्भव छैन’ उनले भनेका छन् । योग्य, नैतिकवान् र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि मन्त्री पुनले आह्वान गरेका छन् ।
‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु’ मन्त्री पुनले सामाजिक सञ्जाल फेसुबुकमा लेखेका छन् ।