Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

अध्यक्ष राईको पहलमा इलाका प्रहरी दमकलाई सवारी साधन हस्तान्तरण

झापा, असोज ९ । कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको पहलमा इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाले शान्ति सुरक्षा सुदृढीकरणका लागि आवश्यक ठानेर उपलब्ध गराएको सो पिकअप भ्यानको चाबी प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल र समाजसेवी लायन भिम पौडेलले संयुक्त रूपमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राम प्रसाद तिम्सिनालाई हस्तान्तरण गर्नुभएको छ ।

यस अवसरमा डिएसपी तिम्सिनाले प्रहरी सेवामा सहजता ल्याउन गाउँपालिकाले गरेको योगदान ऐतिहासिक रहेको बताउनुभयो । सोही क्रममा अध्यक्ष हुकुम सिंह राईले गाउँपालिकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीयबासीहरूले अध्यक्ष राईको पहलमा गरिएको यो योगदानले शान्ति सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०