Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

पूर्वप्रधानमन्त्री झलनाथ खनाल : ‘देश खरानीमाथि उभिएर नयाँ संकल्प गर्नुपर्छ’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जताततै खरानी भएकाले त्यही खरानीमाथि उभिएर सबैले नयाँ संकल्प गर्नुपर्ने बताएका छन् । उनले संविधानको मर्म र भावनालाई नै समातेर देश आमूल परिवर्तन गर्नतिर लाग्नुपर्ने बताए ।

‘सबैले यो खरानीमाथि उभिएर अर्को संकल्प गर्नुपर्छ, देशलाई विध्वंशबाट नवनिर्माणमा लैजान यो संविधानका सकारात्मक पक्ष, मर्म र भावनालाई समातेर अघि बढ्नुपर्छ,’ नयाँ संविधान बनेको दशकपछि संविधान दिवसको पूर्वसन्ध्यामा उनले नागरिकन्युजसँग भने, ‘देशलाई आमूल परिवर्तनतर्फ र समाजवादको दिशामा अघि बढाउनुको विकल्प छैन । सबैले यही ढंगले सोच्नुको विकल्प पनि छैन ।’

नयाँ संविधान बनेपछि दुई पटक आम निर्वाचन हुँदा असल नेतृत्व आउन नसकेको र कुनैपनि सरकारले संविधान कार्यान्वयन गर्न नसकेको उनले बताए ।

‘म त यो संविधान अहिलेसम्म कार्यान्वयन नै हुन सकेको छैन भन्छु,’ उनले भने, ‘संविधानको भाग ३ र भाग ४ बनाउन जति मेहनत गरिएको थियो, त्यो कार्यान्वयन भएन, कतिपय नेतालाई त संविधानमा यस्तो छ भन्नेसम्म पनि थाहा छैन ।’ संविधानको भाग ३ मा मौलिक हक र कर्तव्य तथा भाग ४ मा राज्यका नीति निर्देशक सिद्धान्त, नीति तथा दायित्व उल्लेख छ ।

संविधानको भाग ४ ले देशको भविष्यको खाका कोर्न खोजेको तर कुनै पक्ष लागु नभएको उनको भनाइ छ । ‘निकै मेहनत गरेर बनाइएको संविधान अहिले संकटपूर्ण अवस्थामा आइपुगेको छ,’ उनले भने, ‘तर, अब संविधानलाई ठीक ढंगले कार्यान्वयन गर्ने जिम्मा हाम्रो काँधमा छ ।’

जेन-जीको आन्दोलनपछि देश संकटपूर्ण, उथलपुथल र त्रासदीपूर्ण रहेको उनको भनाइ छ । ‘जेन-जीको आन्दोलन सुरुमा राम्रै थियो । तानासाही सरकारले जुन बर्बरतापूर्ण दमन गर्‍यो, जेनजेडको नियन्त्रणमा आन्दोलन रहेन,’ उनले भने, ‘विध्वंशकारीहरू, लुटपाटकर्ताहरू, षडयन्त्रकारीहरू, मुलुक जलाएर सर्वनाश गर्न चाहने देशी-विदेशी तत्त्वले यो आन्दोलनको नेतृत्व कब्जा गर्न खोजे । मुलुकमा महाविनाश भयो ।’

जेन-जी आन्दोलनक्रममा खनालको डल्लुस्थित घरमा आगजनी गरिएको थियो । आगजनीमा परेर खनालपत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते छिन् । उनको स्वास्थ्य सुधारोन्मुख छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०