HomeUncategorizedफिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली कजाकस्तान प्रस्थान

फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली कजाकस्तान प्रस्थान

Date:

काठमाडौं । विश्व बुद्धिचाल महासङ्घ (फिडे) र काजकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालन हुने फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली कजाकस्तानको अल्माटी प्रस्थान गरेको छ।

नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाको नेतृत्वमा युवा १२ वर्ष मुनिका अग्रिम सैंजु र हार्दिक पाण्डे बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

यही सेप्टेम्बर १९ देखि सुरु भई सेप्टेम्बर ३० तारिख सम्म सञ्चालन हुने विश्व क्याडेट चेस प्रतियोगितामा नेपाल सहित आयोजक देश कजाकिस्तान, अमेरिका, भारत, फ्रान्स, रोमानिया, जर्मनी, पोल्याण्ड लगायत विभिन्न ८० भन्दा बढी देशका बलिया खेलाडी सहभागी छन्।

उक्त प्रतिस्पर्धामा युवा १२ वर्ष मुनि प्रशिक्षण लिएका क्याडेट १७६ जना खेलाडीहरूको बीच क्लासिकल ११ राउण्ड स्विस सिस्तम अन्तर्गत खेल सञ्चालन हुनेछ भने प्रतियोगितामा ९० मिनेट प्लस ३० सेकेन्डको समय नियन्त्रण तोकिएको छ।

प्रतिस्पर्धाका शीर्ष वरियता अमेरिकाका २३३० रेटेड खेलाडी सिएमए गुओ एथन, २३२० रेटेड एफएम झु लिनक्सी, २२५८ रेटेड लिङ चेन्क्सुआन, सिरियाका २३०७ रेटेड एफएम फण्डिला मानेन, फिडेको झण्डामा खेल्ने खेलाडी २२५४ रेटेड दामोदर बुल्गक छन्।

प्रतियोगितामा १८३६ औसत रेटिङका युवा १२ वर्ष मुनिका खेलाडीहरू सहभागी मध्ये नेपालको तर्फबाट उदयमान खेलाडी द्वय १३० औं स्थानमा रहेर १६८० रेटेड अग्रिम सैंजु र १३८ औं स्थानमा रहेर १६४६ रेटेड हार्दिक पन्तले आ-आफ्नो चुनौती पेश गर्नेछन्।

बिहिबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेल टोलीलाई नेपाल बुद्धिचाल महासङ्घका सचिवालय सदस्य बालाराम पुन र प्रवक्ता राजु ताम्राकारले विदाई गरेका छन्।

नेपाल बुद्धिचाल महासङ्घका सचिवालय सदस्य समेत रहेका राजु ताम्राकारका अनुसार नेपाल बुद्धिचाल महासङ्घ र कजाकिस्तान चेस फेडरेसनले केही समय अगाडि नेपाली युवा पिँढीको चेस खेल विकास गर्न दुई देशबीच पारस्परिक सहयोग गर्ने समझदारीमा हस्ताक्षर गरेको जानकारी गराएका छन्।

ताम्राकारका अनुसार यसै समझदारी अन्तर्गत काजकिस्तान चेस फेडरेसनले कजाकिस्तानको फ्रिडम एसियन चेस इनिसिएटिभ प्रोजेक्ट मार्फत नेपालमा विदेशी प्रशिक्षकद्वारा बुद्धिचाल खेलको प्रशिक्षण प्रदान गरिसकेको छ।

उक्त एफएसिआई बुद्धिचाल प्रशिक्षणका प्रशिक्षार्थीद्वय अग्रिम सैजु र हार्दिक पन्तलाई फिडे विश्व क्याडेट चेस प्रतिस्पर्धामा सहभागी बन्न एफएसिआई कार्यक्रमले सपोर्ट गरेको बताएका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here