HomeUncategorizedसरकारले खानेपानी र श्रम मन्त्री बन्न आग्रह गरेको तर आफूले अस्वीकार गरेको...

सरकारले खानेपानी र श्रम मन्त्री बन्न आग्रह गरेको तर आफूले अस्वीकार गरेको हर्क साम्पाङको दाबी

Date:

धरान उपमहानगरका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई मन्त्री बन्न प्रस्ताव गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफुलाई वर्तमान सरकारले खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको दाबी गरेका हुन् । तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको पनि उनले बताएका छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएपछि उनले बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो । तर उनले त्यसलाई झुट भनेका थिए ।

यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री त बन्न भनेको तर आफू नमानेको दाबी गरेका हुन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here