Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

एमाले विधान महाधिवेशन : ओलीलाई तेस्रो कार्यकालको बाटो, भण्डारीको पत्र एजेण्डामा

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनसाइज कम्प्लेक्समा मार्क्स, लेनिन, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी मात्र होइन वर्तमान अध्यक्ष केपी शर्मा ओलीका पूर्ण कदका मस्कट राखिएका छन् ।

यी मस्कटमा अघिल्तिर उभिएर शुक्रबार प्रतिनिधि र पर्यवेक्षकहरू फोटो मात्र खिचिरहेका थिएनन् । त्यही वरिपरि बसेर महाधिवेशन प्रतिनिधिका लागि भन्दै विद्या भण्डारीले पठाएको पत्र पनि पढिरहेका थिए ।

महाधिवेशन स्थलका यी दृश्यमा देखिइरहेको थियो, विधान महाधिवेशन भएपनि त्यहाँ औपचारिक विधिको मात्र कुरा भइरहेको छैन । भित्र हलमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि शक्तिशाली भूमिकासहित नेतृत्वमा निरन्तरताका लागि बाटो खोल्ने विधि सहितका प्रतिवेदनहरू प्रस्तुत भइरहेका थिए ।

तर, बाहिर पार्टी सदस्यता समेत नपाएकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको पत्र र सदस्यता नवीकरणका लागि प्रतिनिधिहरूसँग गरेको याचनाको चर्चा थियो ।
एमालेको निर्णय अनुसार भण्डारी पार्टीकी सदस्य होइनन् । तर, सदस्य नै नभएकी व्यक्तिको विषयको चासो महाधिवेशन प्रतिनिधिलाई नहुनु पर्ने हो । तर प्रतिनिधहरूमाझ उनको कुराकानी चाहिँ भइरहेको थियो ।

भण्डारीको पक्षमा उभिएका नेता कर्ण थापाले राखेको फरक मतलाई महिधवेशनमा वाचन गर्न दिने निर्णयले विद्याको मुद्दा औपचारिक रुपमै महाधिवेशनको एजेण्डा बनेको छ ।

अरु प्रतिवेदनसँगै थापाको फरक मत पनि प्रतिनिधिमाझ पुर्‍याउन अनुमति दिइएको छ । अर्थात् समूहगत छलफलमा थापाको प्रतिवेदनबारे प्रतिनिधिहरूले आफ्ना धारणा राख्न पाउनेछन् ।

तर यो महाधिवेशनको औपचारिक एजेण्डा भने त्यो होइन । जुन कुरा अध्यक्ष ओलीले उद्घाटनका क्रममा पनि भने । महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्नछन् ।

महाधिवेशन प्रतिनिधहरूसमक्ष आफ्नो कुरा पुर्‍याउन भण्डारीले बिहीबार साँझ नै एउटा अपिल पत्र जारी गरेकी थिइन् । त्यहाँ उनले पार्टीले आफ्नो आस्था र विश्वासमाथि कुठाराघात गरेको बताइएकी थिइन् । त्यस्तै, आफ्नो जस्तो नियति कुनै पनि नेता र कार्यकर्ताको नहोस् भनेर उनले सचेत पनि गराएकी थिइन् ।

यसैको निरन्तरता स्वरुपमा उनले शुक्रबार साँझ पनि मिडियाबाट आफ्नो धारणा बाहिर ल्याइन् । जहाँ उनले भनेकी बिहीबार पठाएको पत्रको स्मरण गराउँदै त्यसबारे सल्लाह सुझाव मागेकी छन् ।

‘मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले भनेकी छिन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु ।’

भण्डारीले सदस्यताको याचना गरिरहे पनि महाधिवेशनले उनको सदस्यता निर्णय गर्ने छैन । बरू अध्यक्ष ओली लगायतका धेरै पुराना नेताहरूलाई एमालेको सक्रिय राजनीतिमा जोडिरहने राजमार्ग भने तयार गर्नेछ ।

औपचारिक रुपमै महाधिवेशनमा ७० वर्षको उमेर हद हटाउने र दुई कार्यकाल भन्दा पनि बढी नेतृत्वमा बस्ने पाइने गरी विधान संशोधनको प्रस्ताव पेश भएको छ ।

यसले अब अध्यक्ष ओलीलाई औपचारिक रुपमै तेस्रो कार्यकालको नेतृत्व गर्नका लागि वैधानिक प्रदान गर्नेछ । एमालेले नेतृत्व परिवर्तन र नयाँलाई नेतृत्वमा आउने ढोका सहज बनाउनका लागि ७० वर्ष उमेर हद र दुई कार्यकालको प्रावधान यसअघि राखेको थियो । अब यो महाधिवेशनबाट त्यो प्रावधान औपचारिक रुपमै हटेर उमेर हद खुल्ला गर्ने छ । यसले अहिले पदाधिकारी तहमा रहेका वृद्ध नेताहरूलाई नेतृत्वदायी पदमै बस्नका लागि सहज बनाउने छ ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओली, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव र उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पेश भए ।

ती मध्ये ओलीको राजनीतिक प्रस्तावमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिदेखि पार्टी जीवनको जनवाद र लोकतन्त्रको समेतका कुरा छन् ।

पछिल्लो समय एमालेले लोकतान्त्रिक अभ्यास गर्दा गर्दै पनि त्यसभित्र नेताहरूले नियन्त्रणमुखी ढंगले पार्टी सत्ता चलाइरहेको गुनासो व्यापक छ । त्यही गुनासो विद्या भण्डारी पक्षधर नेताहरूले पनि गर्दै आएका छन् । तर पार्टीभित्रको लोकतन्त्र र आन्तरिक जनवादको विषयमा ओलीले महाधिवेशनमा आफ्नो धारणा ल्याएका छन् ।

उनले नेतृत्व उमेर भन्दा पनि परिस्थिति र आवश्यकताले निरन्तर वा परिवर्तन हुने आशय व्यक्त गरेका छन् । उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा राखेका छन् । उनकै नेतृत्वको निरन्तरताको बारेमा पार्टीको एउटा कोणबाट प्रश्न उठिरहेका बेला ओलीले यसबारे महाधिवेशनमा नै सांकेतिक रुपमा धारणा राखेका हुन् ।

‘जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतन्त्रीकरणका प्रश्नलाई खिसीटिउरी गर्ने र पायक पर्दा छनोटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित हुँदैन । कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन । तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्योल गरिनुपर्छ,’ ओलीले भनेका छन् । पार्टी जीवनको लोकतन्त्रीकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढङ्गले जोडिएको विषय भएको उनले उल्लेख गरेका छन् ।

‘लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुर्‍याउने खालको लोकतन्त्रीकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयम्भू र स्वायत्त टापुहरू होइनन्’ ओलीले भनेका छन्, ‘युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ ।’

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०