HomeUncategorizedनेपालमा २६ सामाजिक सञ्जाल बन्द, ५ मात्र कानुनी रूपमा सञ्चालनमा

नेपालमा २६ सामाजिक सञ्जाल बन्द, ५ मात्र कानुनी रूपमा सञ्चालनमा

Date:

सरकारले नेपालभित्र फेसबुक, ट्विटर (X), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आजै दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादसम्म सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो।

सरकारले दिएको सात दिनको समय बुधबार राति सकिँदा जम्मा पाँचवटा – टिकटक, भाइबर, निन्बाज, विटक र पोपो – मात्र दर्ता भएर सञ्चालनमा रहेका छन्।

यसअघि प्रतिबन्धमा परेको टेलिग्रामले भने दर्ताका लागि निवेदन दिएको छ, जसलाई मन्त्रालयले अध्ययन गरिरहेको जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here