HomeUncategorizedलुम्बिनी प्रदेशमा साउन महिनामा विपद्‌का घटनाबाट ४३ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा साउन महिनामा विपद्‌का घटनाबाट ४३ जनाको मृत्यु

Date:

लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्‌का घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना अझै बेपत्ता छन्।

बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण र चट्याङलगायतका ३३५ वटा विपद्‌का घटनाले मानवीय क्षति पुर्‍याएका छन्।

यी घटनामा बाढीका कारण २, पानीमा डुबेर २७, आगलागीमा १, विषाक्त खाना सेवनबाट ४, सर्पदंशले ८ र अन्य कारणले १ गरी ४३ जनाको मृत्यु भएको विवरण छ।

प्रदेशस्तरीय विवरणअनुसार कपिलवस्तुमा ९, दाङमा ७, रूपन्देहीमा ५, रोल्पामा ४, प्यूठानमा ४, बर्दियामा ३, बाँके, गुल्मी, पाल्पा र अर्घाखाँचीमा २–२, नवलपरासी पश्चिममा २, र रुकुम पूर्वमा १ जनाको मृत्यु भएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here