Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

कमल गाउँपालिकामा मानसिक स्वास्थ्य सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न

झापा | स्वास्थ्य सेवा गाउँमै सुलभ, गुणस्तरीय र सर्वसुलभ बनाउने कमल गाउँपालिकाको दीर्घकालीन योजना अनुसार, कमल नगर अस्पताल, तोपगाछीमा सञ्चालित मासिक मानसिक स्वास्थ्य सेवा कार्यक्रम यसपटक पनि सफलता पूर्वक सम्पन्न भएको छ।

बुधवार सम्पन्न सेवा कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नवराज कोइराला तथा उहाँको टिम (बिराट मेडिकल टिचिङ्ग अस्पताल, विराटनगर) को प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट प्रभावित सेवाग्राहीहरूलाई निःशुल्क परामर्श तथा औषधोपचार सेवा प्रदान गरिएको थियो। सेवामा समेटिएका प्रमुख समस्याहरूमा मानसिक तनाव, चिन्ता, डिप्रेशन, अनिद्रा, चिडचिडोपन, बाल तथा किशोर मानसिक समस्या, स्मरणशक्ति कमजोर हुने, डर वा लाज लाग्ने लगायतका विषयहरू रहेका थिए।

फलोअपमा उत्कृष्ट सहभागिता

सेवामा नयाँ सेवाग्राहीहरूसँगै अघिल्लो महिनामा सेवा लिइसकेका बिरामीहरू समेत उपस्थित थिए। विशेष रूपमा, फलोअपका लागि बोलाइएका सबै सेवाग्राहीहरू समयमै उपस्थित भई सेवा लिएको उल्लेखनीय तथ्यले कार्यक्रमप्रतिको जनविश्वासलाई थप प्रगाढ बनाएको छ।

सहज र गोप्य सेवाको वातावरण

समाजमा अझै पनि मानसिक स्वास्थ्यसम्बन्धी विषयमा हिचकिचाहट, भ्रम र पूर्वाग्रहहरू विद्यमान छन्। यस्ता सन्दर्भमा, कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष हुकुम सिंह राईको सक्रिय नेतृत्वमा सञ्चालित यस सेवाले सहज, गोप्य र आत्मीय वातावरणमा परामर्श र उपचार उपलब्ध गराई जनस्तरसम्म मानसिक स्वास्थ्यको पहुँच विस्तार गरेको छ।

जनविश्वासको वृद्धिः उत्साहजनक संकेत

कमल नगर अस्पताल व्यवस्थापन समितिका अनुसार, पछिल्लो केही महिनादेखि मानसिक स्वास्थ्य सेवाप्रति जनताको विश्वास उल्लेखनीय रूपमा बढ्दो क्रममा छ। नियमित सेवाबाट लाभान्वित सेवाग्राहीहरूको सन्तुष्टि तथा पुनः सेवा उपयोग दर उच्च हुनु यस सेवाको प्रभावकारिता र सान्दर्भिकताको प्रमाण हो।

आभार तथा आगामी सेवा घोषणा

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने डा. नवराज कोइराला, बिराट मेडिकल टिचिङ्ग अस्पतालको समर्पित टोली, अस्पतालका सम्पूर्ण कर्मचारी तथा सहभागी सेवाग्राहीहरूप्रति कमल नगर अस्पताल परिवार हार्दिक आभार व्यक्त गर्दछ।

कार्यक्रमको निरन्तरताका लागि प्रतिबद्ध रहँदै, आगामी महिनामा पनि सेवा यथावत सञ्चालन गरिनेछ। सेवा मिति र विवरणबारे समयमै सूचित गरिने अस्पतालले जनाएको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहनु भएका सबै नागरिकहरूलाई निःसंकोच सेवा लिनुहुन आग्रह गर्दै कमल नगर अस्पतालमा सबैको स्वागत रहेको स्पष्ट पार्नुभएको छ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०