HomeUncategorizedलुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न, गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति...

लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न, गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Date:

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले मिन प्रसाद गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। समितिमा उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा, सचिवमा ओमबहादुर पुन तथा उपसचिवमा सन्सृत अर्याल चयन भएका छन्।

कार्यक्रम पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिटब्यूरो सदस्य विजय गुरुङ, संघीय सम्पर्क कमिटी इन्चार्ज लक्ष्मण के.सी, सह–इन्चार्ज बिरबल काजी राई, संघीय सम्पर्क कमिटी अध्यक्ष तारानाथ दाहाल, केन्द्रीय सदस्यहरु कल्पना माण्डव्य, नवराज तिमिल्सिना, प्रमेश पोखरेलसहितका नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

अधिवेशनले श्रमिक र किसान वर्गको ऐतिहासिक अधिकारलाई संस्थागत गर्दै समाजवादको जगलाई दृढ, सबल र अटल बनाउने संकल्प गरेको छ। साथै, लुम्बिनीलाई संगठनात्मक र राजनीतिक दृष्टिले राष्ट्रिय नमुना प्रदेशका रूपमा स्थापित गर्ने निर्णय गरिएको छ।

यस अवसरमा विभिन्न जिल्लाका दर्जन बढी कार्यकर्ताले अन्य पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। अधिवेशनको उद्घाटन कार्यक्रम बिद्या राज पाण्डेको अध्यक्षता र लुना रिजालको सञ्चालनमा सम्पन्न भएको थियो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here