
मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्। शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड’को उपाधि चुमेकी हुन्।
यस्तै, मिस नेपाल इन्टरनेसनलको उपाधि उरुशा भण्डारीले जितेकी छन्। मिस नेपाल अर्थ भने सोनी घले भएकी छन्। मिस कस्मो दिपशिखा नेपाल बनेकी छिन्।
फाइनल गोदावरीस्थित सनराइज हलमा भएको थियो। मिस नेपालको यो ३१ औं संस्करण हो। यस पटकको जज प्यानलमा मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ, सृष्टि प्रजापति, श्याम कँडेल, आना शर्मा, महेश श्वार, शृङ्खला खतिवडा, रुचि पाण्डे, समर्पण कार्की र अजय रत्न स्थापित रहेका थिए।

