HomeUncategorizedकाभ्रेपलाञ्चोकमा समाजवादी प्रेस संगठनको स्थापना दिवसमा विशेष संवाद

काभ्रेपलाञ्चोकमा समाजवादी प्रेस संगठनको स्थापना दिवसमा विशेष संवाद

Date:

काभ्रेपलाञ्चोक । समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकले आफ्नो स्थापना दिवस विशेष संवाद कार्यक्रमसँगै मनाएको छ । तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले संगठनको भूमिका र समाजवादी दृष्टिकोणबारे खुला विचार–विमर्श गर्‍यो ।

कार्यक्रमको सुरुवात नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाँई र संगठनका उपाध्यक्ष ध्रुब रायमाझीसँगको संवादबाट गरिएको थियो ।

अध्यक्ष हुमागाँईले शुभकामना दिंदै समाजवादलाई नागरिक जीवनस्तर उकास्ने एक मात्र विकल्प भएको विचार प्रस्तुत गरे । उनले लिपुलेक र लिम्पियाधुरा प्रकरणमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल अपरिहार्य रहेको उल्लेख गर्दै दलहरूको कमजोरीकै कारण नेपाल छिमेकीद्वारा दबाबमा परेको टिप्पणी गरे ।

त्यसैगरी, उपाध्यक्ष रायमाझीले विगतमा राजतन्त्रकालीन दमन सम्झिँदै प्रेस क्षेत्रले ठूलो संघर्ष पार गरेर आएको बताए । उनका अनुसार, समयानुकूल मिडियाले रूपान्तरण भोग्दै गए पनि पछिल्ला दिनमा चुनौतीहरू बढ्दै गएको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिए ।

कार्यक्रमका प्रस्तोता तथा प्रचार विभाग प्रमुख सरोज प्रसाद कुइकेलले संगठनलाई व्यावसायिक र रचनात्मक दिशामा अघि बढाउने प्रतिबद्धता जनाए । साथै, फरक–फरक विषयमा संवाद र अन्तर्वार्ता गर्दै पत्रकारिता क्षेत्रलाई अझ सक्रिय बनाउन आगामी दिनमा विविध कार्यक्रम गर्ने योजनाबारे जानकारी गराए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here