HomeUncategorizedनिर्माण व्यवसायी सङ्घले जित्यो तेस्रो उद्योग वाणिज्य कप

निर्माण व्यवसायी सङ्घले जित्यो तेस्रो उद्योग वाणिज्य कप

Date:

दमक — दमक उद्योग वाणिज्य सङ्घको ३५ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित तेस्रो उद्योग वाणिज्य कप अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। भदौ ५ र ६ गते दमक–५ स्थित बिस्ट फुटसलमा सम्पन्न उक्त प्रतियोगितामा १० वटा वस्तुगत सङ्घहरूको सहभागिता रहेको थियो।

फाइनल खेलमा निर्माण व्यवसायी सङ्घले मोबाइल व्यवसायी सङ्घलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ। यससँगै निर्माण व्यवसायी सङ्घ प्रथम, मोबाइल व्यवसायी सङ्घ द्वितीय बनेका छन् भने फर्निचर व्यवसायी सङ्घलाई अनुशासित टोलीको पुरस्कार प्रदान गरिएको छ।

व्यक्तिगत विधातर्फ निर्माण व्यवसायी सङ्घका दिपेन थापा उत्कृष्ट गोलकिपर, मोबाइल व्यवसायी सङ्घका शरण राई उच्च स्कोरर तथा निर्माण व्यवसायी सङ्घकै लेलेन सुब्बा उत्कृष्ट खेलाडी घोषित भएका छन्। यसबारे खेल संयोजक सङ्घका खेलकुद समितिका तुलसीराम तिम्सिनाले जानकारी दिनुभयो।

विजेताहरूलाई पुरस्कार स्वरूप पहिलो स्थान हासिल गर्ने टोलीलाई रु. ३३,३३३, दोस्रो स्थान हासिल गर्ने टोलीलाई रु. २२,२२२, उत्कृष्ट गोलकिपर र उच्च स्कोररलाई रु. २,२२२–२,२२२, र उत्कृष्ट खेलाडीलाई रु. २,५०० नगद प्रदान गरिएको थियो।

समापन समारोहका प्रमुख अतिथि तथा सङ्घका पूर्व अध्यक्ष विजयप्रसाद बरालले, “यस्ता गतिविधिहरूले व्यवसायीबीच एकता र आपसी सम्बन्ध मजबुत बनाउन ठूलो योगदान पुर्‍याउँछन्,” भन्दै खेलकुदमैत्री वातावरणको प्रशंसा गर्नुभयो।

सङ्घका अध्यक्ष गोपाल गुराँगाईले प्रतियोगिताको उद्देश्यबारे जानकारी दिनुहुँदै भन्नुभयो, “व्यवसायीहरू अति व्यस्त भए पनि स्वास्थ्यका लागि खेलकुदमा सहभागी हुनैपर्छ। यसले स्वास्थ्य दिगो बनाउँछ र जीवनलाई लामो बनाउन मद्दत गर्छ। साथै, एउटै वस्तुगत व्यवसायी र अर्का व्यवसायीबीच आपसी सम्बन्ध बलियो बनोस् भन्ने पनि यस प्रतियोगिताको मुख्य उद्देश्य हो।”

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here