HomeUncategorizedहरितालिका तीज २०८२ : बनेपामा महिलाको उल्लास, संस्कृतिको संरक्षण र स्वतन्त्रताको प्रतीक

हरितालिका तीज २०८२ : बनेपामा महिलाको उल्लास, संस्कृतिको संरक्षण र स्वतन्त्रताको प्रतीक

Date:

बनेपा — तीजको गीतमा नाचेका रंगीन पाइलाहरू, सभाहलभर गुन्जिएका देशभक्ति स्वर र महिलाहरूको हर्ष–उल्लासले बुधबार बनेपास्थित उग्रचण्डी बैंक्वेट एकैचोटि तीजको उत्सवस्थल बनेको थियो। महिला वडा मञ्च वडा नं ६ बनेपाले आयोजित हरितालिका तीज २०८२ विशेष सांस्कृतिक कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मण लम्सालले तीजलाई महिला स्वतन्त्रता, आत्मगौरव र संस्कृति जोगाउने पर्वका रूपमा व्याख्या गर्दै भन्नुभयो , “तीजको दिन महिलाहरू स्वतन्त्र हुन्छन्। उनीहरूले आफ्ना दुःख–कष्ट बिर्सेर रमाइलो गर्छन् र यसैमा संस्कृति जोगाउने ठूलो योगदान पनि छ। यसैले तीज स्वतन्त्रताको प्रतीक हो।”

साथै, कार्यक्रममा समाजसेवी तथा राष्ट्रिय युवा संघ नेपालका महासचिव भेसराज शाही ठकुरी, नेकपा (एस) की महिला नेतृ पासाङ डोल्मा लामा र देसु लामा, बनेपा नगरपालिका न्यायिक समिति सदस्य कल्पना परियार, युवा नेता श्याम नेपाल , राष्ट्रिय कलाकार धनपति दाहाल, भिमसेन खतिवडा, राधिका ढकाल, विश्वराम कार्की लगायतका विशिष्ट व्यक्तित्वहरू, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष अनिता कुइकेलले गर्नुभएको थियो भने संचालन सचिव नबिना परियारले गरेकी थिइन्। अध्यक्षता भने मञ्चकी अध्यक्ष मञ्जु थापाले गरेकी थिइन्।

सांस्कृतिक प्रस्तुतीले सभाहललाई झनै रंगीन बनायो।
राष्ट्रिय कलाकार धनपति दाहाल, भिमसेन खतिवडा, राधिका ढकाल र विश्वराम कार्कीले तीज तथा देशभक्तिपूर्ण गीतले सभाहललाई झनै रंगीन बनायो।

महिलादेखि युवासम्मले प्रस्तुत गरेका मनोरञ्जनात्मक नृत्य, सामूहिक गायन र रमाइला प्रस्तुतीहरूले सम्पूर्ण माहोल झनै जीवन्त बनायो।

“यस कार्यक्रमले तीजलाई केवल रमाइलोको पर्व मात्र नभई संस्कृति संरक्षण, महिला स्वतन्त्रता र सामाजिक एकताको सशक्त प्रतीकका रूपमा पुनः स्थापित गरेको मञ्चकि अध्यक्ष मञ्जु थापाले बताउनुभयो ।

0-0x0-1-0#

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here