HomeUncategorizedज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

Date:

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको छ ।

चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो ।

आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । त्यति बेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here