HomeUncategorizedटप एन्ड टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र नर्दन टेरिटोरी आमनेसामने

टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र नर्दन टेरिटोरी आमनेसामने

Date:

नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ । घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् ।

सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।

यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ ।

यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी–२० खेल खेल्नेछ । यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्दैछ । एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन् । शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्ने छन् ।

यस्तो छ नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप–कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here