HomeUncategorizedकमल–५ का विद्यालयमा पालिकाको सहयोगमा पंखा र पुस्तक वितरण

कमल–५ का विद्यालयमा पालिकाको सहयोगमा पंखा र पुस्तक वितरण

Date:

झापा । कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा शिक्षा समिति सदस्य तथा गाउँपालिका कर्मचारीको टोलीले साउन २७ गते मंगलबार श्री सिद्धदेवि आवि. र श्री गुहेश्वरी आवि, कमल–५ को अनुगमन गरेको छ।

विद्यालयमा सहज शिक्षण–सिकाइ वातावरण बनाउन पालिकाको सहयोगमा पहिलो चरणमा प्रत्येक विद्यालयलाई ५–५ थान सिलिङ पंखा र महावीर पुनको आत्मकथा २–२ थान पुस्तक हस्तान्तरण गरिएको हो।

अनुगमनका क्रममा कक्षागत विद्यार्थी संख्याको यकिन गर्ने कार्य सम्पन्न गरिएको छ। साथै, विद्यालयको शैक्षिक गुणस्तर उकास्न तत्काल आवश्यक कार्यबारे अध्यक्ष राईले निर्देशन दिएका छन् भने प्रधानाध्यापकहरूले विद्यालयका तात्कालिक आवश्यकता प्रस्तुत गरेका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here