HomeUncategorizedफोनिज मोरङद्वारा २६औं स्थापना दिवसमा सम्मान तथा वेवसाइट शुभारम्भ

फोनिज मोरङद्वारा २६औं स्थापना दिवसमा सम्मान तथा वेवसाइट शुभारम्भ

Date:

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङले सोमबार सेवसाइड शुभारम्भ तथा सम्मान कार्यक्रमको आयोजना गरी संगठनका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई लगायत दुई जनालाई सम्मान गरेको छ ।

कलम र विभिन्न सामाजिक संगठनहरुको नेतृत्व गर्दै पत्रकारिता, पत्रकार, आदिबासी जनजाति समुदाय र आम नेपाली समाज परिवर्तनमा योगदान पुर्याउदै आएकोमा थप उत्तरोतर प्रगतिको कामना गर्दै फोनिज मोरङले संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईलाई सम्मान गरेको हो ।

सम्मान पत्र, दोसल्ला र नगद विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, पुरस्कार कोष स्थापना गर्ने दिगंवत कृष्ण देवानकी धर्मपत्नि धनमाया देवान र फोनिजको प्रदेश समिति लेखा संयोजन प्रेम देवानको हातबाट सम्मान प्रदान गरिएको थियो ।

जम्नेली फोनिजको जिल्ला अध्यक्ष, प्रदेश समिति अध्यक्षहुँदै ८औ महाधिवेशनबाट संघीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी फोनिज मोरङको वेवसाइड डिजाइन तथा होस्टमा सहयोग गर्ने विराटनगरको विद्यालय हिमाल दर्शन कलेजका प्रमुख भरत साप्कोटालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साप्कोटालाई नगर प्रमुख कोइराला र फोनिज मोरङ जिल्ला अध्यक्ष अनिल श्रेष्ठबाट सम्मान पत्र र दोसल्ला प्रदान गरिएको थियो । वेवसाइड हिमाल दर्शन कलेजमा पठनपाठन गराउने आईटी शिक्षक र विद्यार्थीहरुले बनाएका हुन् ।

सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, सम्मानित व्यक्ति फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, १ नं प्रदेश अध्यक्ष बिजयबोध लावती, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुसिला पाठक, लिम्बु पत्रकार संघ केन्द्रीय उपाध्यक्ष सुजता लिम्बू, हिमालय दर्शन कलेजका प्रमुख भरत साप्कोटा लगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा फोनिज मोरङ उपाध्यक्ष बिजय खुम्बूले स्वागत गर्नुभएको कार्यक्रम सचिव विद्यानन्द चौधरीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा फोनिज प्रदेश समितिको पूर्व प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय सदस्य दिनेश सुब्बा, प्रेस युनियनको प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस सेन्टरका प्रदेश महासचिव गोकुल पराजुली, प्रेस चौतारी प्रदेश सदस्य पुष्पराज थपलिया, जिल्ला अध्यक्ष चिना थापा, प्रेस सेन्टर जिल्ला अध्यक्ष वनीन कर्ण, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजु अधिकारी, मोरङ जिल्ला अध्यक्ष उत्तम पोखरेल, संघीय प्रेस मञ्चका जिल्ला अध्यक्ष मुकेश यादव, नेपाल पत्रकार महासंघ पूर्व मोरङ जिल्ला कार्यबाहक अध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । फोनिजको २६औं स्थापना दिवसमा शुभकामना दिने क्रममा संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईले १ नं प्रदेश सरकारलाई तत्काल लिम्बू, मैथिलि र वान्तावा÷चाम्लिङ भाषालाई कामकाजको भाषा बनाउन सुझाव दिएका छन् ।

भाषा, धर्म र संस्कृतिको सम्बर्धन र बिकासमा राजनीतिक नगर्न दलहरुलाई आग्रह गर्दै भाषा आयोगले सिफारिस गरेको आधारमा लिम्बू, मैथिलीको साथै प्रदेशमा ११ प्रतिशत रहेको राई समुदायले प्रयोग गर्दै आएको वान्तावा र चाम्लिङ भाषालाई पनि काम काजको भाषा बनाउदा उचितहुने उपाध्यक्ष जम्नेलीको सुझाव थियो ।

भाषा आयोगले गण्डकीमा तीन वटा भाषा सिफारिस गरेकोमा प्रदेश सरकारले मगर, गुरुङलाई मात्र निर्णय गरेको, मधेशमा मैथिलि, भोजपुरा, बन्जिका सिफारिस भएकोमा हिन्दी र अंग्रेजी थपेर ५ वटा विधेयक पेस भएको उदाहरणदिदै १ नं प्रदेशमा चार वटा भाषा र किरात सिरिजंगा लिपि निर्णय गर्दा उचित हुने फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईको भनाइ थियो ।

राईले नेपाल मत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई तुरुन्त लागू गर्नुपर्ने बताएका छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here