HomeUncategorizedनगरकोट–नयाँगाउँ–कुन्ताबेसी सडक विस्तार रोक्न दायर रिट उच्च अदालतद्वारा खारेज

नगरकोट–नयाँगाउँ–कुन्ताबेसी सडक विस्तार रोक्न दायर रिट उच्च अदालतद्वारा खारेज

Date:

काभ्रेपलाञ्चोक । नगरकोट–नयाँगाउँ–कुन्ताबेसी सडक (सिंगे ठाडेडाँडा) क्षेत्रमा भइरहेको सडक विस्तार रोक्न माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।

मण्डनदेउपुर नगरपालिका–३ का हेमबहादुर तामाङले आफ्नो स्वामित्वको जग्गाबाट मञ्जुरीबिना बाटो निकाल्न खोजिएको दाबी गर्दै मण्डनदेउपुर नगरपालिकालाई समेत विपक्षी बनाई रिट दायर गरेका थिए। रिट निवेदनमा जग्गाको स्वरूप परिवर्तन गर्ने, संरचना भत्काउने वा हटाउने कार्य रोक्न माग गरिएको थियो।

असार १४ गते उच्च अदालत पाटनले जिल्ला काभ्रेपलाञ्चोक, नयीगाउँ देउपुर गा.वि.स.–३, कित्ता नं. ७०७ को दर्ता श्रेस्ता प्रमाणका आधारमा “निवेदकको मञ्जुरीबिना उक्त जग्गाबाट बाटो निकाल्ने वा स्वरूप परिवर्तन गर्ने कार्य नगर्नु–नगराउनु” भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि निर्माण कार्य रोकिँदा सो परियोजनामा विनियोजित बजेट फ्रिज भएको र यसको दायित्व नगरपालिकामा सिर्जना भएको नगरपालिकाले जनाएको थियो।

सोमबार भएको सुनुवाइपछि उच्च अदालत पाटनले दुवै पक्षका लिखित जवाफ र तर्कसहितको बहस सुनी रिट निवेदन खारेज गर्ने आदेश जारी गरेको हो।

निर्णयपछि मण्डनदेउपुर नगरपालिकाले गाउँ–ठाउँमा हुने विकास निर्माणमा प्रतिरोधभन्दा सहकार्य र समन्वयलाई प्राथमिकता दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here