अध्यक्ष राईद्वारा कमल गाउँपालिका वडा ६ र ७ का स्वास्थ्य चौकीको निरीक्षण
कमल गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा स्वास्थ्य शाखा दीपक दाहाल र बिमल थापासहितको टोलीले वडा नम्बर ६ को स्वास्थ्य चौकी, वडा नम्बर ७ को आधारभूत स्वास्थ्य चौकी र निर्माणधीन लखनपुर स्वास्थ्य चौकीको निरीक्षण गरेको छ। स्वास्थ्य सेवा सुधार र प्रवद्र्धनका लागि गरिएको निरीक्षणमा स्वास्थ्य चौकीहरूको अवस्था र आवश्यक सुधार विषयमा छलफल गरिएको छ।
यसले गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
कमल गाउँपालिका कार्यालय
