Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

सुनसरी जलुवाटोलमा बस र विङ्गर ठोक्किँदा तीनको मृत्यु, १६ घाइते

बस र विङ्गर ठोक्किँदा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जलुवाटोलमा आज बिहान तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।


प्रहरीका अनुसार बिहान करिब ७.१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।


दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन सकेको छैन । घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ । घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको हो । १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको छ ।


दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटेको थियो ।प्रहरीले बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ बस्ने ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ । विङ्गरका चालक घाइते भएकाले उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०