HomeUncategorizedप्रेस युनियन झापा शाखाले सय दिने सदस्यता अभियान सुरु

प्रेस युनियन झापा शाखाले सय दिने सदस्यता अभियान सुरु

Date:

झापा । नेपाल प्रेस युनियन झापा शाखाले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका लागि सय दिने अभियान सुरु गरेको छ। युनियन केन्द्रको गत साउन १५ गतेको निर्णयअनुसार कात्तिक २१ गतेसम्म अभियान सञ्चालन गरिने भएको हो।

जिल्ला अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले अभियानको संयोजकमा जिल्ला उपाध्यक्ष ईश्वर अधिकारी र सदस्यमा उपाध्यक्ष सविना लिम्बु, कार्यसमिति सदस्य बिष्णु पौडेल, बिष्णु श्रेष्ठ र देवेन्द्र प्रसाईलाई चयन गरेको छ।

समितिले पुराना सदस्यता नवीकरण र जिल्लामा सक्रिय पत्रकारलाई नयाँ सदस्यता वितरणका लागि सहजीकरण गर्नेछ। साथै, बैठकले संविधानसम्बन्धी बहसको योजना बनाउन अध्यक्ष भट्टराईलाई जिम्मेवारी दिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here