ग्रामीण महिलाका लागि वरदान सावित, कमल नगर अस्पतालको एम्बुलेन्स सेवा
झापा – कमल गाउँपालिका–०२ स्थित कमल नगर अस्पतालले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा निरन्तर सञ्चालन गरिरहेको छ। ओम आदि फाउन्डेसनको सहयोगमा उपलब्ध यो सुविधा २४ घण्टा कार्यान्वयनमा छ। अस्पतालका अनुसार गर्भवती र सुत्केरी महिलाले प्रसूति सेवाका लागि कुनै शुल्क नतिरी अस्पताल आउन–जान सक्नेछन्। यसले विशेषगरी टाढा–टाढा बस्ने महिलालाई […]