Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

विराटनगरमा ११ ठाउँबाट जुवा सामग्री बरामद

मोरङ, असोज ११ ।मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा ११ विभिन्न स्थानबाट लुङ्गुरबुर्जा (पासा), नगद रकम तथा जुवा खेलमा प्रयोग हुने सामग्री नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले विराटनगरका मुख्य बजार तथा चौक क्षेत्रहरूमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर सामग्री बरामद गरेको हो। प्रहरीले बरामद सामग्रीसहित आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

सुमना श्रेष्ठको प्रहार : ‘रास्वपा नेताहरू नयाँ मालिकका दास’

काठमाडौँ । रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुठो प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरुलाई प्रतिप्रश्न गरेकी छन् । उनल सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिप्रश्न गरेकी हुन् । उनले रास्वपा नेताहरुलाई प्रश्न गरेकी छन्, ‘नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने ? सामान्य नेपाली नागरिकहरु […]

नेपालको गौरवमयी जित : दुई पटकको विश्व विजेता वेस्ट इन्डिज पराजित

नेपालले दुई पटकको विश्वकप विजेता टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। शनिबार यूएईको शारजाह क्रिकेट मैदानमा भएको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपालले टस गुमाएपछि ब्याटिङ गर्दै २० ओभरमा १४९ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी इन्निङ्समा वेस्ट इन्डिज ९ विकेट गुमाउँदै १२९ रनमा सीमित भयो। यससँगै नेपाल तीन […]

तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड, कम्तिमा ३६ को मृत्यु

तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड, कम्तिमा ३६ को मृत्यु तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन्। राजनीतिमा प्रवेश गरेका विजय थलापति नेतृत्वको तामिलगा वेत्री काझगम (टिभिके) पार्टीले शनिबार तमिलनाडुको करूर जिल्लामा आयोजना गरेको सभामा यो घटना भएको […]

दमकमा जेन–जी आन्दोलनकारीहरूको शान्तिपूर्ण प्रदर्शन निरन्तर

झापा । जेन–जी विद्रोहमा सहभागी भएकाहरूमाथि प्रहरीले जथाभावी गिरफ्तारी र धरपकड गरिरहेको समाचारहरू सार्वजनिक भइरहेका छन्। भाद्र २३ र २४ गतेका घटनाको अनुसन्धानका लागि न्यायिक जाँचबुझ आयोग गठन भइसकेको अवस्थामा प्रहरी संयन्त्रबाट निष्पक्ष अनुसन्धान सम्भव नहुने भन्दै आन्दोलनकारीहरूले आपत्ति जनाएका छन्। आन्दोलनकारीहरूका अनुसार भाद्र २३ गते प्रदर्शनकारीको मृत्युमा संलग्न केपी शर्मा ओली र रमेश लेखक […]

ऐतिहासिक टक्कर: नेपाल र वेस्ट इन्डिजबीच पहिलो टि-२० खेल आज

काठमाडौं । नेपाली क्रिकेटले आज ऐतिहासिक क्षण रच्दै छ । दुई पटकको टि-२० विश्वविजेता वेस्ट इन्डिजविरुद्धको पहिलो अन्तर्राष्ट्रिय खेलका लागि दुवै टोली मैदानमा प्रवेश गरी अन्तिम तयारीमा जुटेका छन् । खेल नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुनेछ । ‘युनिटी कप’ नामक यो तीन खेलको टि-२० शृंखलाले नेपाली क्रिकेटका लागि सुनौलो अवसर प्रदान गरेको छ […]

हिंसा समाधान होइन, शान्तिपूर्ण आन्दोलनमा जोड: हामी नेपालका संयोजक सुदन गुरुङ

काठमाडौं । हामी नेपालकासंयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि गुरुङले फेसबुकमार्फत शान्तिपूर्ण आन्दोलनको अपिल गरेका हुन् । ‘भावनाहरू तीव्र छन् र धेरैलाई निराशा छ,’ उनले लेखेका छन् , ‘तर हिंसा […]

सुशीला कार्की सरकारलाई ‘हाँ हुँ’ भन्ने ओलीको टिप्पणीप्रति राप्रपाको आपत्ति

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ‘हा हुँ’ गरेर आएको सरकार भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले ओलीको आजको अभिव्यक्तिले ७५ शहीदको बलिदान, कैयन् घाइतेको रगत र सडकमा उत्रिएका लाखौँ नागरिकको अपमान गरेको भनाइ राखे। ‘जेनजी […]

पर्यटक अभावले सुनसान पोखरा, होटल व्यवसायमा ठूलो घाटा

पोखरा । मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको बताए । […]

देश चलाउन पनि पाइलट जस्तो योग्यता चाहियो! नयाँ प्रस्ताव: ‘नेपाक्रेसी’

लेखक: गौरब देबकोटा काठमाडौं। के तपाईंले कहिलै सोच्नुभएको छ कि हामी एउटा डक्टरलाई आफ्नो उपचार गर्न लाग्छौं, एउटा इन्जिनियरलाई घर बनाउन लाग्छौं तर देश चलाउन भने कसैलाई पनि लगाउँछौं? अहिलेसम्मको राजनीतिले देखाएको छ कि देश चलाउन कुनै खास योग्यता चाहिँदैन। तर अब यसो नहोस् भन्ने एउटा नयाँ विचार सामने आएको छ – ‘नेपाक्रेसी’। यो नेपालको […]