HomeUncategorizedकृष्ण जन्माष्टमी विशेष : गौरादहको राधाकृष्ण मन्दिरमा भक्तिमय भजन–कीर्तन

कृष्ण जन्माष्टमी विशेष : गौरादहको राधाकृष्ण मन्दिरमा भक्तिमय भजन–कीर्तन

Date:

कृष्ण जन्माष्टमी विशेष : गौरादहको राधाकृष्ण मन्दिरमा भक्तिमय भजन–कीर्तन

गौरादह । झापाको गौरादह नगरपालिका–१ स्थित श्री राधाकृष्ण मन्दिर परिसरमा कृष्ण जन्माष्टमीको अवसरमा यही श्रावण २४ गते श्रीकृष्ण झूला–झूलन कार्यक्रम सम्पन्न गरिएको छ।

झूला–झूलन कार्यक्रमपछि श्रावण २४ गतेदेखि दैनिक रूपमा रात्रीकालीन भक्तिमय भजन–कीर्तन कार्यक्रम सुरु गरिएको आयोजकले जनाएको छ। भजन–कीर्तनका लागि विभिन्न समूहलाई पालैपालो आफ्ना संगीतमय प्रस्तुति दिन व्यवस्था गरिएको छ।

कार्यक्रमको समापनको दिन भदौ १ गते गौरादह नगरको मुख्य बजार, गौरादह बजार र डिपुचोक आसपास श्रीकृष्ण रथयात्रा विगतका वर्षझैँ यस वर्ष पनि भव्यताका साथ परिक्रमा गरिने श्रीकृष्ण रथयात्रा मूल समारोह समितिले जनाएको छ।

यस महत्वपूर्ण कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउन तथा आनन्द लिन गौरादह नगरवासी, भक्तानुरागी तथा आम नागरिकहरूलाई आयोजक समिति तर्फबाट हार्दिक निमन्त्रणा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here