HomeUncategorized६ महिनामै हटाइए सातदोबाटोका डीएसपी रामकुमार यादव

६ महिनामै हटाइए सातदोबाटोका डीएसपी रामकुमार यादव

Date:

२२ असोज, काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ ।

सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो ।

यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ ।

उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here