Homeराजनीति२७ वर्षिय रास्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा चुनावी मैदानमा

२७ वर्षिय रास्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा चुनावी मैदानमा

Date:

राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा यसपटक खेलमैदान होइन, चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट २७ वर्षीय कुशवाहालाई उम्मेदवार बनाएसँगै खेलजगतको एउटा परिचित अनुहार प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको हो ।

अजय बास्केटबलमा राष्ट्रियस्तरमा चिनिएका खेलाडी हुन् । कोर्टमा अनुशासन र टीमवर्कका लागि परिचित उनी अहिले मतदातामाझ आफूलाई राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने चुनौतीमा छन् । खेलकुदबाट आएको लोकप्रियता राजनीतिमा कत्तिको काम लाग्ला भन्ने चासो बारा ४ मा देखिन थालेको छ ।

खेलकुद करिअरसँगै अजयको राजनीतिक पृष्ठभूमि भने सीमित छ । उम्मेदवारी दर्ताअघि उनी स्थानीय राजनीतिमा खासै सक्रिय थिएनन् । यद्यपि तत्कालीन नेकपा एकीकृत समाजवादी निकट खेलकुद महासंघमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । साथै, काठमाडौं–बारा सम्पर्क मञ्चको नेतृत्वसमेत उनले गरेका थिए ।

खेलाडीको परिचय बोकेर चुनावी प्रतिस्पर्धामा उत्रनु अजयका लागि नयाँ अनुभव हो । तर उनको उम्मेदवारी केवल खेलकुद पहिचानकै कारण भएको भन्ने विषयमा भने विवाद पनि छ । उनी एमाले बाराका पूर्वप्रभावशाली नेता रामचन्द्र प्यासीका छोरा हुन् । कतिपयले उनको उम्मेदवारीमा पारिवारिक राजनीतिक विरासत निर्णायक बनेको टिप्पणी गरिरहेका छन् ।

अजय भने यसलाई अस्वीकार गर्छन् । ‘म काठमाडौंमा रहे पनि पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेकै थिएँ । जिल्लाबाट सिफारिस भएर नै उम्मेदवार बनेको हुँ,’ उनी भन्छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here