Homeस्थानिय२० वर्षीय सितल अधिकारी बने गौरादह जेसीजका कार्यकारिणी उपाध्यक्ष

२० वर्षीय सितल अधिकारी बने गौरादह जेसीजका कार्यकारिणी उपाध्यक्ष

Date:

गौरादह, झापा । झापाको गौरादह नगरपालिकामा सन् २०१२ मा स्थापना भएको गौरादह जेसीजको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

जसमा गौरादह जेसीजको इतिहासमा नै सबैभन्दा कान्छा उमेरका जेसी सितल अधिकारी कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । वि.सं. २०६२ सालमा बुबा श्रीकृष्ण अधिकारी र आमा कल्पना अधिकारीको जेठा सुपुत्रका रुपमा जन्मिएका २० वर्षीय अधिकारी वर्ष २०२४ मा गौरादहको आइटि संयोजकमा मनोनित भएसँगै वर्ष २०२५ मा उपाध्यक्ष र वर्ष २०२६ मा कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उनी अहिले विराटनगरको पूर्वाञ्चल यूनिर्भरसिटी अफ साईन्स एण्ड टेक्नोलोजी (विआइटी)को पाँचौ सिमिस्टारमा अध्ययनरत रहेका छन् । अधिकारी आइटि क्षेत्रमा मात्र होइन पत्रकारिता क्षेत्रमा समेत अबल रहेका छन् । अधिकारी हेल्लो गौरादहका सञ्चालक, दमक बन्दका संवाददाता तथा डिउ टिभीका कार्यक्रम प्रस्तोता समेत रहेका छन् ।

जेसीजको माध्यमबाट आफू अझ सशक्त र तालिमको क्षेत्रमा अझ बढी ज्ञान प्राप्त गर्ने सकिने भएकोले र आफू कार्यकारिणी उपाध्यक्षको पदमा रहिरहदा गौरादह जेसीजलाई नेपाल जेसीजका शाखामा मात्र होइन विश्वका अन्य शाखाहरुमा चिनाउने काम गर्ने समेत अधिकारीले बताउछन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here