Homeराजनीति१०० दिनको सम्बोधनमा प्रधानमन्त्री कार्की: चुनाव, सुरक्षा र सुशासनमा जोड

१०० दिनको सम्बोधनमा प्रधानमन्त्री कार्की: चुनाव, सुरक्षा र सुशासनमा जोड

Date:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने प्रष्ट पारेकी छन् ।

सरकार गठनको १०० दिन पुगेको अवसरमा शनिबार देशबासीका नाममा सम्बोधन गर्दै उनले शनिबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण रहेको बताएकी छन् ।

कार्कीले भनिन्- आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु- २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो। म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन् । यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ।

अराजकताले कसैलाई खुसी नदिने भन्दै प्रधानमन्त्रीले शान्ति र स्थिरताका लागि सबैलाई एकजुट हुन आग्रह गरिन् ।

‘चुनावमा कसले जित्छ वा हार्छ त्यो गौण हो, हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै ठूलो कुरा हो,’ उनको भनाइ छ ।

‘जेन-जी’ आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमार्फत व्यक्त गर्न युवाहरूलाई उनले आह्वान गरेकी छन् । ‘सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ,’ उनको भनाइ छ ।

चुनावका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको भन्दै उनले सुरक्षाको ग्यारेन्टी दिएकी छन् ।

सरकारले १०० दिनको अवधिमा भ्रष्टाचार र बेथितिविरुद्ध कठोर नीति लिएको प्रधानमन्त्रीको दाबी छ । शक्तिको आडमा दबिएका पुराना फाइलहरू खोलिएको र जोसुकै शक्तिशाली भए पनि कानुनले नछोड्ने उनले दोहोर्‍याइन् ।

मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी र सवारी साधन फिर्, अनावश्यक कार्यालय खारेज र दरबन्दी कटौती, बजेटको पुन:प्राथमिकीकरण लगायत खर्च कटौती र प्रशासनिक सुधारको फेहरिस्तसमेत उनले प्रस्तुत गरेकी छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here