HomeUncategorizedहिंसा समाधान होइन, शान्तिपूर्ण आन्दोलनमा जोड: हामी नेपालका संयोजक सुदन गुरुङ

हिंसा समाधान होइन, शान्तिपूर्ण आन्दोलनमा जोड: हामी नेपालका संयोजक सुदन गुरुङ

Date:

काठमाडौं । हामी नेपालकासंयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि गुरुङले फेसबुकमार्फत शान्तिपूर्ण आन्दोलनको अपिल गरेका हुन् ।

‘भावनाहरू तीव्र छन् र धेरैलाई निराशा छ,’ उनले लेखेका छन् , ‘तर हिंसा वा कसैको घरमा आक्रमण समाधान होइन ।’ शनिवार ओलीले गुन्डुस्थित आफ्नो निवासमा आयोजित दसैँ भेटघाट कार्यक्रममा सामाजिक सञ्जालमा आफ्नो घरलाई लक्षित गरी हमलाको आह्वान भएको भन्दै सरकारसँग सुरक्षाको प्रश्न गरेका थिए ।

‘सामाजिक सञ्जालमा मेरो घरको स्थान देखाएर हमला गर्न भनिएको छ । सरकार के हेरेर बसेको छ ?’ ओलीले भने । गुरुङले यस्ता कार्यले देशलाई क्षति पुर्‍याउने र सकारात्मक परिवर्तनलाई ओझेलमा पार्ने बताए । ‘हाम्रो आन्दोलन घृणा र विनाशको होइन, आशा र निर्माणको हो,’ उनले भने । आगामी निर्वाचनलाई शक्ति, एकता र दृष्टिको प्रदर्शन गर्ने अवसर ठान्दै उनले अनुशासित र शान्तिपूर्ण तयारीमा जोड दिए । ‘जेनजीले क्रोध होइन, बुद्धिमत्ताले नेतृत्व गर्छ भन्ने देखाऔँ,’ गुरुङले भने ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here