
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका हुन् ।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ ।’
कमल नगर अस्पतालमा हप्ताको प्रत्येक आइतबार र बिहिवार दन्त उपचार


