HomeUncategorizedसुसन्देश साप्ताहिक २२ औं वार्षिकोत्सव सम्पन्न, ‘नेत्रवाण डटकम’ अनलाइन शुभारम्भ

सुसन्देश साप्ताहिक २२ औं वार्षिकोत्सव सम्पन्न, ‘नेत्रवाण डटकम’ अनलाइन शुभारम्भ

Date:

धुलिखेल । सुसन्देश साप्ताहिकले आफ्नो २२ औं बार्षिकोत्सव तथा २३ औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा डिजिटल युगमा छापा सञ्चारको भविष्यबारे छलफल हुनुका साथै ‘नेत्रवाण डटकम’ अनलाइन संस्करणको शुभारम्भ गरिएको हो।

कार्यक्रमको सभाध्यक्ष सुसन्देश साप्ताहिकका सम्पादक यदुनाथ गौतम ‘देउपुरे’ रहनुभएको थियो।

पुर्व सभामुख नेकपा माओवादी केन्द्रका उपाध्यक्ष
एवं प्रचार विभाग प्रमुख अग्नि प्रसाद सापकोटाले “काभ्रे उठे बागमती उठ्छ। त्यसका लागि दलका नेताहरूले साझा दृष्टिकोणसहित अघि बढ्नुपर्छ,” भन्दै सहकार्य र आत्म–समिक्षाको आवश्यकता औंल्याउनुभयो।

उहाँले विश्व राजनीति हाल अमेरिका–चीन व्यापार युद्धतर्फ धकेलिएको स्पष्ट पार्दै समाज सुधार गर्ने अन्तिम प्रणाली समाजवाद भएको तर्क गर्नुभयो। “शीतयुद्ध अहिले व्यापारमा बदलिएको छ। शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई व्यापारिक शैलीमा प्रयोग गरिरहेका छन्, यसको प्रभाव नेपालको संसदसम्म पुगेको छ,” सापकोटाले भन्नुभयो।

हालैको ‘कुलिङ पिरियड’ प्रकरणको सन्दर्भमा उहाँले ठूला दलहरूको गठबन्धन संविधानविपरीत रहेको टिप्पणी गर्दै, “जनताले अब हेरेर बस्ने समय छैन। सडकदेखि घरसम्म समाजवादको नारा उठाउनुपर्छ, किनकि यो प्रणाली जनताकै बाटो हो,” भन्नुभयो।

पत्रकारिताको भूमिकाबारे बोल्दै उहाँले छापाखाना आधारित पत्रिकाको अस्तित्व अझै आवश्यक रहेको उल्लेख गर्नुभयो। “मार्क्स, लेनिन र स्टालिन पनि पत्रकार थिए। रुसको क्रान्तिका बेला ज्ञानको विकाससँगै पुरानो प्रणाली ढलेको थियो। आज फेरि नयाँ प्रणाली बनाउनुपर्ने चरणमा हामी छौँ,” उहाँले भन्नुभयो।

प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटाले प्रिन्टदेखि एआईसम्मको यात्रामा सञ्चार माध्यमले आत्मसात गर्दै अघि बढ्न सक्ने बताए।
एमाले काभ्रे अध्यक्ष राजन भुर्तेलले नकारात्मक समाचारभन्दा सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
मण्डनदेउपुर नगरपालिका उपप्रमुख विश्वमणि नेपालले इमानदारिपूर्वक तथ्य प्रस्तुत गर्न सके मात्र समाज रुपान्तरण सम्भव हुने बताउनुभयो।

जिल्ला प्रशासन कार्यालय काभ्रे प्रमुख उमेश कुमार ढकाल र जिल्ला सामान्य समिति सदस्य दीपक गौतमले पत्रिका कुनै पार्टीको मुखपत्र बन्न नहुने, बरु नागरिकलाई सूचित गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रतिस्पर्धात्मक बजारमा उत्कृष्ट बन्न नेताहरूले आत्म–समिक्षा गर्दै सकारात्मक दिशामा अघि बढ्नुपर्ने विचार प्रस्तुत गर्नुभयो।
संघीय सांसद सुर्यमान डोंग धोजले विगतका आन्दोलन र सङ्घर्षमा मिडियाले खेलेको महत्वपूर्ण योगदानको स्मरण गर्दै, “गलत प्रचलनविरुद्ध नयाँ सन्देश दिन सकियोस्,” भन्दै शुभकामना व्यक्त गर्नुभयो।

पत्रकार दीपक कुमार गौतमले काभ्रेका पत्रकारहरू नियम–कानुनको दायरामा रही काम गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो।

सम्मान कार्यक्रम

सोही अवसरमा १७ जना समाजसेवी, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिलाई सम्मान गरिएको थियो।

सहभागीहरूले मिडियाले सत्य तथ्य प्रस्तुत गर्दै नागरिक सरोकारका विषयलाई प्राथमिकता दिनुपर्ने र समाजलाई सकारात्मक रुपान्तरणतर्फ डो¥याउनुपर्नेमा जोड दिएका थिए।


मुख्य अतिथि सापकोटाले धुलिखेल, बनेपा, पनौती र पाँचखालजस्ता नगरलाई एकीकृत गरी महानगर बनाउन सकिने सम्भावनाबारे पनि आत्म–समिक्षा गर्दै बागमती प्रदेशको राजधानी धुलिखेल हुनुपर्नेमा जोड दिनुभयो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here