सुमना श्रेष्ठको प्रहार : ‘रास्वपा नेताहरू नयाँ मालिकका दास’

काठमाडौँ । रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुठो प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरुलाई प्रतिप्रश्न गरेकी छन् ।
उनल सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिप्रश्न गरेकी हुन् । उनले रास्वपा नेताहरुलाई प्रश्न गरेकी छन्, ‘नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने ? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन ? एकचोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस् ।
सुमनाले आफूविरुद्ध भएका प्रहारको जवाफ दिदै रास्वपाका नेताहरुलाई तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किएको बताएकी छन् ।
साथै उनले क्षणिक लोकप्रियता र केहि थान गालीबाट बच्न एक शब्द चुईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो भन्दै त्यस्तो प्रवृतिविरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु भएको बताएकी छन् ।