HomeUncategorizedसुन्दरहरैंचामा कारको ठक्करबाट ११ वर्षीय बालक गम्भीर घाइते

सुन्दरहरैंचामा कारको ठक्करबाट ११ वर्षीय बालक गम्भीर घाइते

Date:

सुन्दरहरैंचामा कारको ठक्करबाट ११ वर्षीय बालक गम्भीर घाइते

सुन्दरहरैंचा (मोरङ) — सुन्दरहरैंचा नगरपालिका–१ पचाममा आइतबार बिहान स्कुल जान बाटो क्रस गर्दै गरेका ११ वर्षीय टिकाराम कार्की कारको ठक्करबाट गम्भीर घाइते भएका छन्। घटना बिहान करिब ११ बजे भएको बताइएको छ।

प्रदेश ३–०२३–च–८३०४ नम्बरको कारले बालकलाई ठक्कर दिएपछि तीव्र गतिमा फरार भएको स्रोतले जनाएको छ। तर कारको नम्बरका आधारमा सवारी धनिलाई प्रहरीले सम्पर्कमा ल्याएको छ।

घाइते कार्कीलाई तत्काल उद्धार गरी बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ। स्रोतका अनुसार उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ र अवस्था चिन्ताजनक रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here