HomeUncategorizedसुनसरीमा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

सुनसरीमा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

Date:

सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका-६ की २० बर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here