
सर्लाहीमा वन संरक्षकको विभत्स हत्या भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २, राइटरखोरमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको विभत्स हत्या भएको हो।
उनी परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) को रूपमा कार्यरत थिए। घरनजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा चौकीदार रामेश्वरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शनिबार बिहान ५ बजेतिर घरबाट निस्केका उनी दिउँसोसम्म परिवार एवं परियोजनाका सहकर्मीसँग सम्पर्कमा नआएको र फोनसमेत स्विच–अफ रहेकाले उनको खोजी सुरू गरिएको थियो।
सुरक्षाकर्मी समेतको सहयोगमा खोजी गर्ने क्रममा जंगलभित्र उनको शव फेला परेको हो।
प्रहरीले तालिमप्राप्त कुकुर समेत प्रयोग गरेर अनुसन्धान सुरू गरेको छ।

