
मोरङ । बिराटनगरमा जेनजी 2.0 को प्रदेश भेला सम्पन्न भएको केन्द्रीय नेता गणेश एसकेले जानकारी दिएका छन्। भेलामा संगठनको आगामी दिशा–निर्देशन, प्रदेशस्तरीय संरचना तथा एकता अभियानबारे विस्तृत रूपमा छलफल गरिएको बताइएको छ।
जेनजी 2.0 का प्रवक्ता अविन लिम्बूका अनुसार आगामी मंसिर 17 गते कोशी (१ नम्बर प्रदेश) बृहत सम्मेलन इटहरीमा आयोजना गर्ने निर्णय गरिएको छ। उनका अनुसार जेनजी एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको र नागरिक सरकार बनेको अवस्थामा यसको संरक्षण तथा प्रभावकारी कार्यान्वयनका लागि दबाबसहित अघि बढ्नु संगठनको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे।
प्रारम्भिक भेलाले कोशी (१ नम्बर प्रदेश) संयोजकमा प्रबेश पान्डे, प्रवक्ता तथा उदयपुर जिल्ला संयोजकमा एल. बी. बस्नेत, मोरङ जिल्ला संरक्षकमा कृष्ण बस्नेतसहित २१ सदस्यीय समिति गठन गरेको प्रदेश संरक्षक निता शाक्यले जानकारी दिइन्।
भेलाले कोशी प्रदेशमा हुन लागेको बृहत सम्मेलनलाई सबल, संगठित र प्रभावकारी बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइने निष्कर्ष निकालेको छ।

